धरहराको २० औं तलाको पुननिर्माणको काम सम्पन्न

हेटौडा न्युज
९ पुष २०७७, बिहीबार १६:४९
;

काठमाडौं । धरहराको २० औं तलाको पुननिर्माणको काम सम्पन्न भएको छ । । २०७२ सालको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको धरहराको २० औं तलाको पुननिर्माणको काम सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशिल ज्ञवालीले २० औं तलामा बन्ने बारदली बनाउने काम भइराखेको र धरहरा कुल २३ तला रहने बताए ।

सिइओ ज्ञवालीका अनुसार धरहरा परिसर भित्र एक हजार भन्दा बढी सवारीसाधन पार्किङ गर्न मिल्ने तीन तलाको पार्किङ स्थल निर्माणको काम पनि द्रुत गतिमा भइरहेको छ ।

जमिन मुनीको दुईतलाबाट लिफ्ट प्रयोग गरी २० औं तलासम्म जान मिल्ने गरी तयार पारिएको ढाँचामा धरहराको पूनर्निर्माण भइरहेको छ ।आगामी असार मसान्त सम्म मुलभुत कामहरु सम्पन्न गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरिने ज्ञवालीले जानकारी दिए ।

धरहराको कुल लागत भ्याट सहित ३ अर्ब ४५ करोड रुपैयाँ छ । धरहराको कूल क्षेत्रफल ४२.२ रोपनी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*