ट्रक पल्टिँदा एकको मृत्य
काठमाडौं । भक्तपुरमा ट्रक पल्टिँदा एक जनाको मृत्यु भएको छ । ट्रक पल्टिदा चालक पर्सा वीरगञ्ज महानगरपालिका–१२ बस्ने ३० वर्षीय कैमोदिन अन्सारीको मृत्यु भएको हो ।
अरनिको राजमार्गमा जगातीबाट सूर्यविनायकतर्फ आउँदै गरेको ना ६ ख ३९८२ नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटना भएको हो ।
महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार प्रहरीको टोली पुग्दा चालक च्यापिएको अवस्थामा फेला परेका थिए ।
मृतक कैमोदिन अन्सारीको पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट भक्तपुर पठाइएको जनाएको छ ।










