भारततर्फ लैजाँदै गरेका दुई युवतीको उद्धार

हेटौडा न्युज
१० पुष २०७७, शुक्रबार १३:१७
;

कञ्चनपुर । भारततर्फ लैजाँदै गरेका दुई युवतीको सशस्त्र प्रहरीले उद्धार गरेको छ । कञ्चनपुरको वेदकोट नगरपालिका–१ की १८ वर्षीया र धादिङको थाक्रे गाउँपालिका–५ की २० वर्षीया गरी युवतीलाई कैलालीबाट उद्धार गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार उद्धार गरिएका युवतीहरुलाई आवश्यक अनुसन्धानका लागि शान्ति पुनःस्थापना केन्द्र त्रिनगर कैलालीमा बुझाइएको छ ।

युवतीलाई भारततर्फ लैजाने काममा संलग्न वेदकोट–१ हात्तिथलाका २० वर्षका लोकेन्द्र बोहरा र बझाङको मष्टा गाउँपालिका–३ ठकुरीथानाका २१ वर्ष सुनिल बोहरालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा बुझाइएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*