गोरु काटेको आरोपमा तीन जना पक्राउ

हेटौडा न्युज
१० पुष २०७७, शुक्रबार १४:१७
;

डोटी । गोरु काटेको आरोपमा तीन जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा आदर्श गाउँपालिका–१ बस्ने ३५ वर्षीय अशोक दमाई, ३० वर्षीय बिनोद दमाई र प्रेम दमाई रहेका छन् ।

सोही ठाउँ बस्ने रमेश बहादुर दमाईको घरमा गोरु काटिरहेको अवस्थामा उनीहरुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

गोरु काटिरहेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय आदर्शबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*