स्कुल बससँग मोटरसाइकल ठोक्किँदा एक वृद्धको मृत्यु

हेटौडा न्युज
१० पुष २०७७, शुक्रबार १५:५६
;

दमक । मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । स्कुल बससँग मोटरसाइकल ठोक्किँदा झापा, गौरादह नगरपालिका–८ भूँडीसिमलका ६६ वर्षीय ढावालाल राजवंशीको मृत्यु भएको हो।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत जिल्लाको कन्काइ–३ सुरुङ्गास्थित हरिकूल संस्कृत विद्यालय अगाडि मे१क १४१ स्कुल बससँग ठोक्किँदा मे९प ५५६६ नंको मोटरसाइकलमा सवार राजवंशीको मृत्यु भएको हो ।

मोटरसाइकल स्कुल बससँग ठोक्किँदा गम्भिर घाइते भएका राजवंशीको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परेर मोटरसाइकलका चालक गौरीगञ्ज गाउँपालिका–३ का २८ वर्षीय दिनेश्वर राजवंशी घाइते भएका छन् ।
उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले दुर्घटनामा संलग्न बस र कन्काइ नगरपालिका–३ बस्ने अन्दाजी ४८ वर्षीय बस चालक तिलक बुढाथोकीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*