चितुवाको छाला र हड्डीसहित तीन जना पक्राउ

हेटौडा न्युज
१० पुष २०७७, शुक्रबार १७:३८
;

काठमाडौं । चितुवाको छाला र हड्डीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटी जोरायल गाउँपालिका–४ बस्ने ३१ वर्षीय किरन पुन, डोटी आदर्श गाउँपालिका–५ बस्ने ३५ वर्षीय बीरबहादुर धामी र सोही ठाउँ बस्ने २२ वर्षीय योगेन्द्र धामी रहेका छन् ।

गोदावरी नगरपालिका–२ स्थित मिट पोइण्ट होटलबाट चितुवाको १ थान छाला र २ थान हड्डीसहित पक्राउ परेका किरनको बयानको आधारमा बीर बहादुर र योगेन्द्रलाई समेत प्रहरीले शुक्रबार कैलालीबाट पक्राउ गरेको हो ।

बरामद छाला र हड्डी डिभिजन वन कार्यालय धनगढी कैलालीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*