बस्तिपुरमा यात्रुबाहक बस दुर्घटना

हेटौडा न्युज
११ पुष २०७७, शनिबार १३:४२
;

मकवानपुर । मकवानपुरको बस्तिपुरमा यात्रुबाहक बस दुर्घटना भएको छ। पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१९ बस्तिपुरमा आत्रुबाहक बस दुर्घटना भएको हो ।

हेटौँडाबाट यात्रु बोकेर चितवन तर्फ जाँदै गरेको ना ५ ख ४६०९ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार घटनास्थलमा उद्धार कार्य भइरहेको र घाइतेलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाउने तयारी भइरहेको छ ।

प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*