बस्तिपुर बस दुर्घटनामा एक जनाको मृत्यु
मकवानपुर । बस्तिपुरमा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । हेटौँडाबाट यात्रु बोकेर चितवन तर्फ जाँदै गरेको ना ५ ख ४६०९ नम्बरको बस हेटौंडा–१९, बीसपुरमा अनियन्त्रित भई दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेमा लमजुङ सुन्दर बजार नगरपालिका–८ का अन्दाजी ३० वर्षीय हरि गौली रहेका छन् ।
केहिबेर अघि पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१९ बस्तिपुरमा यात्रुबाहक बस दुर्घटना भएको हो ।
दुर्घटनामा ९ जना घाइते भएका छन् । घाइतेको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बस ओभर स्पिडका कारण अनियन्त्रित भै सडकमै पल्टिएको हो ।










