दुर्वेशनी मुक्त सुरक्षित समाज निमार्णमा सिआन

मकवानपुर । यती बेला लागूऔषध दुर्वेशनको समस्या समाजमा जटिल बन्दै गएको छ । हाम्रो समाजको हरेक चोक–चोक यतीबेला दुर्वेशनमा फसेका व्यक्तिहरुको अड्डा जस्तै बन्दै गएको छ ।
देशमा कति व्यक्तिहरु दुर्वेशनको शिकार भए भन्ने एकिन तथ्याङ्क न त सरकार छ न त कुनै संघ संस्थासंग । दिनानु दिन लागूऔषध दुर्वेशनमा फस्ने व्यक्तिहरुको संख्या बढ्दो दरमा रहेको छ ।
हिजोका दिनमा को–को व्यक्ति दुर्वेशनमा फसेका छन् भनेर औंलामा गन्न सकिन्थ्यो भने आज यो समाजको जटिल समस्या बन्दै गएको छ ।
विशेष गरि युवा पुस्ताका किशोर–किशोरीहरु यस्तो दुर्वेशनमा फस्ने गरेको सरोकार वालाहरु बताउँछन् । दुर्वेशनमा फसेका व्यक्तिहरुको कारण आज एउटा घर मात्र नभइ पुरै समाज नै असुरक्षित बनेको छ । सुरक्षाका हिसावले यो समस्या समाजमा निकै जहिल रुपमा प्रस्तुत भएको छ ।
त्यस्तै असुरक्षाका घटना हाम्रो समाजमा दैनिक रुपमा घट्ने गरेको छ । हालै हेटौंडामा घटेको एउटा घटनालाई त्यसको उदाहरण मान्न सकिन्छ ।
घटनाः
रातको करिव ११ बजे फेसबुकका एउटा मेसेज आउँछ । मेसेजको रिप्लाई दिन नपाउादै मेसेन्जरमा फोन पनि आउँछ ।
मः ‘हल्लो’
उताबाटः ‘बाबु तपाई कता ?’
मः ‘म त घरमा सुती राखेको छु’
उताबाटः ‘हेर्नु न बाबु ……. ले आफ्नै टाउकोमा सिसा पुटाएर घरको सबै समान फुटाइ राखेको छ ।, घरमा आमा बुवा कसैलाई नि बस्न दिएको छैन उहाँहरु बाहिर हुनुहन्छ । लौन बाबु पुलिसलाई नभनी रिह्याव राखिदिनु पर्यो ।’
मः ‘पन्छिन खोज्दै, अब यती राती सबै सुतीसके के गर्नु मैलेमात्र विहान गर्दा हुन्न ? कि पुलिस पठाइदिउँ ?’
उताबाटः हुन्न बाबु यसले त मार्न लागिसक्यो चाँडो गरिदिनु पर्यो । पुलिसलाई भन्यो भने त मुद्दा लगाइदिन्छ थुनि दिन्छ । पुलिसलाई त नभन्नु बाबु बरु तपाईहरु आउनु समातेर लैजानुन हुन्न ।’
मः हवस् भननृको विकल्प नभए पछि ‘हुन्छ म फोन गर्छु अनि भन्छु है ।’
फोन राखेर तुरुन्तै साथिलाई फोन गर्छु । तिन पटक गर्दा बल्ल उठ्छ । निन्द्रा कै बिचमा गफ हुन्छ र सबै तयारी गरेर हामी ४ जनाको टिम त्यस क्षेत्रका लागि निस्किन्छौ ।
त्यति बेलासम्म लगभग रातको १२ः३० बजेको हुँदो हो । हामी सम्बन्धित लागूऔषध प्रयोग कर्ताको घर छेउमा पुगे फोन गर्छौ । फोनमा कुरा गर्दै परिवारका एक सदस्यले भन्नु हुन्छ हाम्रो संलग्नता नदेखियोस है ।
केहि अगाडी बढेपछि एक महिलाले हामिलाई घर र कोठा देखाएर त्यहाँबाट केहि पर गएरलुक्छिन् । त्यस्तैमा म गएर सोध्छु किन लुक्नु भएको उहाँ भन्नु हुन्छ तपाईलाई थाहा नै छैन यसको बानी मेरो छोरा हो तर कति बेला मार्छ थाहा नै छैन त्यसैले डरले लुकोको ।
म निशब्द भएर फकन्छु अनि त्यो घर र कोठातर्फ लाग्छौ । कोठा भित्र बाबु छोरा रत्ताम्मे अवस्थामा हुन्छन् । करिव २२/२३ वर्षको केटा अनि उसो बुबा रगतले लत्पतिएको अवस्थामा आफ्नै सुरमा बसिरहेका हुन्छन् । कोठा पुरै रगतको गन्धले दुर्गन्धित हुन्छ । भित्र पस्नै गाह्रो । केटोलाई च्याप्प समातेर बाहिर निकाल्दै गर्दा भाग्न छट्पटाउँछ । तर उसको प्रयास सफल नभए पछि बुबालाई चेतावनी दिँदै भन्छ म फर्केर आएसी थाहा पाउँछ । राम्ररी बस्नु ।
केटोलाई जवरजस्ती गाडीमा हालेर केहि आवश्यक कागजपत्रमा सहि छाप पछि भोली अभिभावकलाई अफिसमा भेट्ने निम्तो दिँदै हामी त्यहाँबाट सिदै हेटौंडा–९ लाम्सुरे हाइटको सिआन पुनस्थापना केन्द्र तर्फ लाग्छौ ।
गाडीमा जाँदै गर्दादेखिनै उनले पुनस्थापनाको कक्षा सुरु गर्दै त्यस संस्थाका प्रवन्ध निर्देशन सौजन डिसी र संस्थाका सुरक्षाबा संयोजकले केहि प्रश्नसंगै केहि काउन्सीलिङ समेत गर्न भ्याउछन् ।
सिआनको कार्यलय प्रवेश गरेपछि उसको कपाल काट्ने र टाउकोको चोटको उपचार सुरु हुन्छ । सामान्य उपचार पछि उसलाई सिआनको स्वास्थ्य टिमलाई जिम्मा लगाएर रातको २ बजेतिर हामि त्यहाबाट निस्किन्छौ ।
फर्कदै गर्दा डिसी भन्छन् सरकारले यस्ता लागूऔषध प्रयोगकर्तालाई जेलमा नभएर आफ्नै सुधार गृहमा राखे सहज हुन्छ । सुरक्षाको सहज महसुस गर्न सकिन्छ ।
समाजका चोकहरु बदनामीबाट जोगिन्छ । अनि असल समाज निर्माणमा सहयोग पुग्छ ।