लुम्बिनी चिनी मिलका सञ्चालक पक्राउ

हेटौडा न्युज
१६ पुष २०७७, बिहीबार १४:१२
;

काठमाडौं । लुम्बिनी चिनी मिलका संचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाल प्रहरीको अपराध महाशखाको पत्राचारपछि चिनी मिलका संचालक मनोज अग्रवाललाई वीरगन्जबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनलाई प्रकाउ गरि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।

२ नम्बर प्रदेश कार्यालयका अनुसार अग्रवाललाई आजै आवश्यक कारवाहीका लागि काठमाडौं पठाउने तयारी रहेको छ ।

अग्रवालले उखु किसानको करिब १७ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

चिनी मिल सञ्चालकले उखु किसानका भुक्तानी नदिएपछि उखु किसानले माइतीघर मण्डलामा १६ दिन आन्दोलन गरेका थिए ।

उखु किसानको आन्दोलन चर्केपछि सरकारले उखु किसानसंग वार्ता गरेर पैसा दिलाइदिने आश्वासन दिएको थियो ।

आन्दोलनकै क्रममा एकजना उखु किसानको ह्दयघातले निधन भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*