हेटौंडामा पाउडर दुध प्लान्टको शिलान्यास

हेटौडा न्युज
१६ पुष २०७७, बिहीबार १५:२३
;

मकवानपुर । हेटौंडामा पाउडर दुध प्लान्ट उद्योगको शिलान्यास गरिएको छ । बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडामा प्रदेश सरकारको लगानीमा सो उद्योग निर्माण कार्य सूरु गरिएको हो ।

हेटौंडा–१० मा प्रदेश सरकारको बजेटबाट ४५ करोड १२ लाख ७० हजार २ सय ८५ रुपैया ९१ पैसा अनुमानित लागतमा पाउडर दुध प्लाण्ट निर्माण हुने भएको हो ।
सो पाउडर दुध प्लाण्टको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले शिलान्यास गरेका छन् ।

शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले किसानले उत्पादन गरेका दुधहरु अब बजार नपाएर सडकमा पोख्नुपर्ने अवस्थाको अन्त्य हुने बताएका छन् । निर्माणधिन प्लाण्टमा बागमती प्रदेश सहित प्रदेश २ का बारा, पार्सा, रौतहट, सर्लाही जिल्लाका किसानहरुले उत्पादन गरेका दुधसमेत पाउडर दुध बनाउन ल्याईने उनले बताए ।

कार्यक्रममा बोल्दै बागमती प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दाबा दोर्जे लामाले प्लाण्ट निर्माण पछि मिल्क होलिडेको अन्त्य हुने बताएका छन् ।
मन्त्रालयका बरिष्ठ पशु अधिकृत शरणकुमार पाण्डेका अनुसार सो प्लाण्टबाट दैनिक ५ मेट्रिक टन (५ हजार केजी) धुलो दुध उत्पादन हुने र दैनिक ६० हजार लिटर दुध खपत हुने बताए ।

शिलान्यास कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति रघुनाथ खुलाल, नगरप्रमुख हरिबहादुर महत, मन्त्रालयकी सचिव मतिना बैद्य जोशी, दुग्ध सहकारी संघका नारायण देवकोटा, वडा नम्बर १० का अध्यक्ष किताबसिंह लामा लगायको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*