क्याटरिङ व्यवसायी संघ मकवानपुरको अध्यक्षमा अधिकारी

हेटौडा न्युज
१६ पुष २०७७, बिहीबार १७:०८
;

मकवानपुर । मकवानपुर पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । बिहीबार हेटौंडामा सम्पन्न भएको अधिवेशनले कविता अधिकारीको अध्यक्षतामा तदर्थ समितिसमेत गठन गरेको छ ।

समितिको उपाध्यक्षमा दिपक सुवेदी, महासचिवमा ध्रुवप्रसाद अधिकारी, कोषाध्यक्षमा बिष्णु अर्याल, सचिवमा ज्ञानेन्द्र अधिकारी, सदस्यहरूमा केशव वासुकला, गोकर्ण पुडासैनी, मदन ठकुरी, प्रकाश कार्की, पेम्बा लामा, मदन पोखरेल, जयराम पौडेल, राजेश मानन्धर, अभियान कार्कीलाई चयन गरेको छ ।

अधिवेशन नेपाल पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका अध्यक्ष लिलाबहादुर जिसिको प्रमुख आतिथ्य भएको थियो ।

कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद पाण्डे, लक्ष्मण पोखरेल, महासचिव उत्तम प्रकाश शर्मा, उद्योग वाणिज्य संघ मकवानपुरका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, उद्योग संघ मकवानपुरका सहासचिव बासु कार्की लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*