स्काउट बागमती प्रदेशको सपथ ग्रहण कार्यक्रम सम्पन्न

हेटौडा न्युज
१७ पुष २०७७, शुक्रबार १३:२०
;

मकवानपुर । बागमती प्रदेश स्काउट तदर्थ समितिका पदाधिकारीको दीक्षान्त एवं पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम समपन्न भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा शुक्रबार प्रदेश समितिका संयोजक तथा सदस्यहरुको दीक्षान्त एवं पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम समपन्न भएको हो।

कार्यक्रममा मुख्यमन्त्री पौडेलले प्रदेश समितिका संयोजक तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

नेपाल स्काउट राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सदस्य तथा स्काउट मास्टर दिपक प्रसाद निरौला, बागमती प्रदेश नेकपा संसदीय दलको मुख्य सचेतक केशवराज पाण्डे, खेलकुद मन्त्रालयका सचिव राम प्रसाद थपलिया, बागमती प्रदेशका प्रमुख सचिव मान बहादुर विके, नेपाल स्काउट सल्लाहाकार गुञ्ज बहादुर श्रेष्ठ लगायतकाले मन्तव्य व्यक्त गरेका थिए।

साथै नेपाल स्काउट बागमती प्रदेशका संरक्षक रहेका मुख्यमन्त्री पौडेललाई नेपाल स्काउटले दिक्षित गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*