भीमफेदीको हात्तिसार संग्राहालयलाई व्यवस्थित बनाईँदै
मकवानपुर । मकवानपुरको भीमफेदीको हात्तिसार संग्राहालयलाई थप व्यवस्थित बनाइने भएको छ । बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले उक्त संग्राहालयलाई व्यवस्थित बनाउन लागिएको हो ।
मन्त्रालयले डिभीजन वन कार्यालय हेटौंडामार्फत चालु आर्थिक वर्षका लागि संग्राहालयलाई व्यवस्थित बनाउन रकम विनियोजन
गरेको जनाइएको छ ।
विनियोजित रकमबाट ठेक्कामार्फत काम गर्न लागिएको डिभीजन वन कार्यालय हेटौंडाले जनाएको छ ।
कार्यालयका अनुसार संग्राहालयमा पर्यटक भित्र्याउनका लागि यसको भवन मर्मत संभार गर्न लागिएको छ । यसका लागि १५ लाख रुपैयाँ छुट्याइएको छ ।
संग्राहालयमा दुइ वटा हात्तिसहितको प्रतिमा स्थापना पनि गर्न लागिएको छ । यसका लागि ४० लाख रुपैयाँ बजेट छुटेयाइएको छ । हात्तिसार संग्राहालयको महत्व दर्साउनका लागि हात्तिको प्रतिमा स्थापना गर्न लागिएको हो ।
उहात्तिसार संग्राहालयको मुख्य प्रवेशद्वार निर्माणका लागि टिकट घरसहितको प्रवेशद्वार निर्माण गर्न लागिएको गाँपालिकाले जनाएको छ । यसका लागि २० लाख रुपैयाँ छुट्याइएको छ ।










