मकवानपुरको कैलाशमा गोली लागि एक घाइते

हेटौडा न्युज
२० पुष २०७७, सोमबार ०९:०९
;

मकवानपुर । मकवानपुरको कैलाशमा गोली लागि एक जना घाइते भएका छन् । कैलाश गाउँपालिका–५ कटहरेमा भरूवा बन्दुकको गोली लागि एक जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घाइते हुनेमा स्थानीय ५८ बर्षीय कृष्ण बहादुर वाइवा रहेका छन् ।

जंगलमा शिकार खेल्न क्रममा गत पुस १६ गते उनलाई गोली लागेको थियो ।

गोली लागेका घाइते वाइवाको स्वास्थ्य अवस्था बिग्रिए पछि घटना बाहिर आएको थियो । उनको स्थानिय स्वास्थ्य संस्थामा उपचार सम्भब नभएपछि थप उपचारका लागि हेटौँडा ल्याएको जनाइएको छ ।

जिल्ला प्हरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाका अनुसार गोली लागेर घाइते भएका वाइवाको हेटौंडाको सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

उनले घटनाको बारेमा अनुसन्धान भइरहेको र पालुङबाट प्रहरी निरीक्षकको टोली घटनास्थल पठाइएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*