जन्मदिनमा केन्द्रलाई कार्कीले सहयोग गरे

हेटौडा न्युज
२३ पुष २०७७, बिहीबार १९:३३
;

मकवानपुर । थाहा नगरपालिका वडा नम्बर ३ का सङ्गम कार्कीले आफ्नो जन्मदिन सोही स्थानमा रहेको सीताराम दिवा जेष्ठ नागरिक केन्द्रमा मनाएका छन् । विभिन्न संघ सस्थामा समेत आबद्ध रहेका कार्कीले सो केन्द्रलाइ ठूलो साइजको २ थान डस्टबिन हस्तान्तरण गरेका छन् । गर्नुभएको छ । साथै कार्कीले आफ्नो जन्मदिनको अवसरमा जनकल्यण माबि पालुङमा अध्ययनरत १ जना विद्यार्थीलाई कक्षा १० सम्म अध्ययनको लागि छात्रवृत्ति प्रदान गर्ने समेत प्रतिबद्धता ब्यक्त गरेका छन् ।

डस्ट्बिन बितरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दामनका सभाभति राजकुमार केसी, पालुङ जेसीजका बर्ष २०२० का अध्यक्ष मनोज रायमाझी, २०२० का महासचिव नवराज लामा, कार्यकारी उपाध्यक्ष सबिन बिस्ट, उपाध्यक्ष निरज रायमाझी, मुक्तिनाथ हरियाली कृषि सहकारी सस्थाका अध्यक्ष माधब कार्की लगायतको उपस्थिति रहेको थियो ।

केन्द्रलाइ सहयोग गर्नु भएकोमा केन्द्रका संयोजक ईश्वरबहादुर कार्कीले धन्यवाद सहित जन्मदिनको अबसरमा गरिएको सामाजिक कार्यको प्रशङ्सा गरेका थिए । शुभकामना व्यक्त गर्नुभयो । हाल केन्द्रमा करीब ४० जना जेष्ठ नागरिकहरुले सेवा लिइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*