जनशक्ति सहकारीको कारोवार डेढ करोड

हेटौडा न्युज
२५ पुष २०७७, शनिबार १६:०५
;

मकवानपुर । जनशक्ति कृषक सहकारीको कारोबार १ करोड ५० लाख पुगेको छ । थाहा नगरपालिका–३ मा रहेको जनशक्ति कृषक सहकारि संस्था लिमिटेडको शनिबार सम्पन्न १०औं बार्षिक साधारणसभामा सस्थाको कोषाध्यक्ष श्रमिका गोलेले प्रस्तुत गरेको प्रतिवेदनमा १ करोड ४३ लाख २९ हजार ७६ रुपैयाँ बराबरको कारोबार अनुमोदन भएको हो ।

साधारणसभाले संस्थाका अध्यक्ष बिमल केसीले प्रस्तुत गरेको निति तथा कार्यक्रम, सचिब बाबुलाल कार्कीले प्रस्तुत गरेको प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षण समिति संयोजक सुर्य लामाले प्रस्तुत गरेको प्रतिवेदन अनुमोदन गरेको छ ।

संस्थाका अध्यक्ष बिमल केसीको अध्यक्षतामा सम्पन्न सभामा उपाध्यक्ष राजकुमार केसीले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।

२०६८ सालमा स्थापना भएको सहकारिले बचत तथा ऋण, कृषि यान्त्रिकरण लगायत बिभिन्न कृषि सम्बन्धि गतिबिधिहरु संगै सहकारि बजार बिकास कार्यक्रम संचालन गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*