जेष्ठ नागरिकको स्वास्थ्य सेवा विषयक अन्तरक्रिया सम्पन्न

नेपालमा २७ लाख वृद्धवृद्धाको लागि ४ जना मात्रै स्वास्थ्य विशेषज्ञ
हेटौडा न्युज
२६ पुष २०७७, आईतवार १७:३२
;

मकवानपुर । नेपाल सरकार स्वास्थ्य सेवा विभागको संयोजनमा जेष्ठ नागरिकको स्वास्थ सेवा बारे नीति संवाद कार्यक्रम तथा छलफल आज हेटौडामा सम्पन्न भएको छ । छलफल कार्यक्रम बागमती प्रदेश सामाजिक बिकास मन्त्रालयका सचिव दिपक काफ्लेको प्रमुख आतिथ्यता तथा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको विषेश आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपालको जनसंख्याको वृद्धिदर र सो जनसंख्याको अनुपातमा ६० बर्ष उमेर पूरा गरेका नागरिकहरुको स्वास्थ्य चुनौति, समाधान र उनीहरुका लागि परिवार समाजको भूमिकाका विषयमा छलफल गरिएको थियो । पछिल्लो जनगणना अनुसार नेपालको कूल जनसंख्याको ९ प्रतिशत अर्थात करीब २७ लाख वृद्धवृद्धा रहेको तर जेष्ठ नागरिकक सम्बन्धि स्वास्थ्य विशेषज्ञ जम्मा ४ जना मात्रै रहेको समेत जानकारी दिईएको थियो ।

कार्यक्रममा आफ्नो धारणा राख्दै सचिव काफ्लेले प्रदेश सरकारले जेष्ठ नागरिकको स्वास्थ्य तथा सामाजिक वृत्ति–विकासका लागि विभिन्न कार्यक्रम ल्याईएको दाबी गरेका छन् ।

स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको आयोजनामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मिनाकुमारी लामा , बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर रमेश अधिकारी ,हेटौंडा उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिना , ओम बृद्ध आश्रम हेटौडाका अध्यक्ष बुद्धिप्रसाद पौडेल, उपभोक्ता हित संरक्षण मञ्चका केन्दीय सदस्य बासुप्रसाद खतिवडा, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*