हेटौंडामा डिडिसीको चिस्यान केन्द्र निर्माण हुने

हेटौडा न्युज
२७ पुष २०७७, सोमबार १२:११
;

मकवानपुर । नेपाल सरकारको स्वमित्व रहेको दुग्ध विकास संस्थान हेटौंडामा दुग्ध चिस्यान केन्द्र निर्माण हुने भएको छ । १ सय मेट्रिक टन क्षमताको निर्माण हुने सो चिस्यान केन्द्रको प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दाबा दोर्जे लामाले शिलान्यास गरेका छन् ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयकी सचिव डाक्टर मतिना बैद्य जोशीको अध्यक्षतामा भएको सो शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री लामाले प्रदेश सरकारले कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने अभियानमा लागेको बताएका छन् । केही दिन अघि हेटौंडामा पाउडर दुग्ध प्लाण्ट उद्योगको निर्माण प्रकृया अघि बढि सकेको सम्बोधनको क्रममा बताएका थिए ।

बागमती प्रदेश सरकारको प्रदेश दुग्ध विकास बोर्डको ५० प्रतिशत अनुदान रकम र ५० प्रतिशत संस्थानको रकम गरी ५७ लाख १२ हजार ४ सय १७ रुपैया ९२ पैसामा सो चिस्यान केन्द्र (कोल्ड स्टोर) निर्माण हुने भएको हो ।

आगामी चैत्र २५ गते भित्र निर्माण सम्पन्न गर्ने गरी काठमाडौंको जेपी स्टिल एण्ड इन्जिनियरिङले निर्माण ठेक्का लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*