हेटौंडामा वैदेशिक रोजगारी सम्बन्धि अन्तर्कृया सम्पन्न

हेटौडा न्युज
२९ पुष २०७७, बुधबार १६:०५
;

मकवानपुर । नेपाल सरकार, सामी परियोजना र स्वीस सरकारको संयुक्त लगानीमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना(सामी) ले मकवानपुरमा गरेका कामहरुका बारेमा अन्त्क्र्रिया गरिएको छ । हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालनमा रहेको सो परियोजना स्थानीय रुपमा एकीकृत ग्रामीण विकास सेवा मार्फत सञ्चालनमा रहेको छ ।

देशबाट अदक्ष, अर्धदक्ष र दक्ष गरी दैनिक १ हजार २ सय जना वैदेशिक रोजगारीमा जाने गरेको अवस्थामा सबैभन्दा बढी वैदेशिक रोजगारीमा जानेहरुको सूचीमा मकवानपुर १६ औं स्थानमा रहेको कार्यक्रममा जानकारी दिईएको थियो ।

देशको कूल ग्राहस्थ उत्पादनमा २८ प्रतिशत योगदान रहेको वैदेशिक रोजगारलाई कसरी सुरक्षित गराउन सकिन्छ र यसका चुनौतिहरुका बारेमा कार्यक्रममा छलफल गरिएको थियो । नेपालबाट विभिन्न देशमा रोजगारीमा जानेहरु मध्ये ७४ प्रतिशत अदक्ष कामदार जाने गरेको छ ।

एकीकृत ग्रामीण विकास सेवा केन्द्रकी अध्यक्ष सीता विष्टको अध्यक्षतामा भएको सो अन्तक्र्रिया कार्यक्रममा जिसस मकवानपुरकी उपसभापति भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिकी उपप्रमुख मीना लामा, सामाजिक विकास अधिकृत भीमप्रसाद तिमल्सिना, मीनराज पौडेल, आरति पाठक लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*