कृषि सहकारी संघको १० औं बार्षिक साधारण सभा सम्पन्न

हेटौडा न्युज
२९ पुष २०७७, बुधबार १६:५८
;

मकवानपुर । कृषि सहकारी संघको १० औं बार्षिक साधारण सभा आज हेटौंडामा सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै सहकारीको उद्देश्य अनुरुप कार्य गर्न जिल्ला कृषि सहकारी संघ लि. मकवानपुरका अध्यक्ष महेश्वर सुबेदीले आग्रह गरेका छन् । आज बुधबार हेटौंडामा सम्पन्न १० औं बार्षिक साधारण सभामा अध्यक्ष सुबेदीले सहकारी ऐन २०७४ अनुसार ३० प्रतिशत कार्य बिषयगत क्षेत्रमा गर्नु पर्ने ब्यवस्था भएको समेत जानकारी गराएका छन् ।

आज सम्पन्न साधारण सभाले अध्यक्ष सुबेदीले प्रस्तुत गर्नुभएको प्रगति प्रतिबेदन, कोषाध्यक्ष निर्मला लम्सालले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक दिनेश प्रजाले प्रस्तुत गर्नुभएको प्रतिवेदनलाई अनुमोदन समेत गरेको छ । संघका अध्यक्ष महेश्वर सुबेदीको अध्यक्षतामा सम्पन्न सभालाई सचिव लालबहादुर थापाले सञ्चालन गरेका थिए ।

संघले कृषकले उत्पादन गरेको उत्पादनहरुलाइ एग्रो मार्ट मार्फत बिक्री बितरण गरिरहेको छ भने, संघमा ५२ ओटा कृषि सहकारी संस्थाको आवद्धता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*