अवैध लागूऔषधसहित ५ जना पक्राउ

हेटौडा न्युज
२ माघ २०७७, शुक्रबार १३:०५
;

काठमाडौं । प्रहरीले कैलालीबाट अवैध लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित सामुदायिक वनबाट अवैध लागूऔषधसहित उनीहरुलाई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानिय २३ वर्षीय किरण बोहरालगायत ५ जना रहेका छन् । उनीहरुको साथबाट प्रहरीले करिब ६ ग्राम ६ सय ६६ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन बरामद गरेको हो ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले खैरो हेरोइनसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*