प्रजिअ रिजाल र प्रहरी उपरिक्षक राठौरलाई स्वागत

हेटौडा न्युज
४ माघ २०७७, आईतवार १८:१७
;

मकवानपुर । सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरले जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख गोविन्दप्रसाद रिजाल र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौर लाई स्वागत गरेको छ ।

स्वागत कार्यक्रमको अवसर पारेर सार्वजनिक यातायातमा महिला यात्रु माथी हुने यौनजन्य हिंसा न्युनिकरण विषयमा छलफल तथा अन्तरकृया समेत गरिएको छ ।

सामुदायिक सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम बिष्टको सभाध्यक्षमा भएको कार्यक्रमा बोल्दै प्रमुख जिल्ला अधिकारी रिजालले स्वागत र सम्मान कार्यक्रमले थप जिम्मेबार बन्ने दायीत्व थपेको बताए ।

उनले लामो समयसम्म एकैठाउँमा बसेर काम गर्न पाउँने वातावरण नहुँदा कहिलेकाँही जनभावना अनुसार काम गर्न नपाईने भन्दै जिल्लामा रहुँन्जेल आफुले गरेको काममा जनगुनासो आउँन नदिने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै कार्यक्रमा बोल्दै प्रहरी उपरिक्षक राठौरले सामुदायिक प्रहरी सेवा केन्द्र र समुदायसँग हातेमालो गरेर अगाडी बढन प्रतिबद्ध रहेको बताए । उनले समाजमा हुने आपराधिक गतिविधि प्रहरी एक्लैले नियन्त्रण गर्न नसक्ने भन्दै साथ र सहयोगको अपेक्षा रहेको उल्लेख गरे ।

उक्त अवसरमा सामुदायिक सेवा केन्द्रका अध्यक्ष विष्टले सामुदायिक सेवा केन्द्रले गरेका गतिविधिको जानकारी गराउदै आवश्यक परेको खण्डमा जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालय लाई चौबिसै घण्टा सहयोग गर्न तत्पर रहेको बताए ।

कार्यक्रममा हेटौडा ९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भंडारी, इलाका प्रहरी कार्यालय पशुपीनगरका प्रहरी निरीक्षक देवराज काफ्ले, हेटौडा ९ वडाका विभिन्न टोल विकास संस्थाका अध्यक्ष एवम प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*