सोलुखुम्बुमा ट्रिपर दुर्घटना: मकवानपुरका १ सहित ३ जनाको ज्यान गयो
मकवानपुर । सोलुखुम्बुमा ट्रीपर दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी धादिङका अन्दाजी ३२ वर्षीय चालक कमल मगर, मकवानपुर बागमती गाउँपालिका–४ अन्दाजी ३२ वर्षीय रामकुमार मगर र सप्तरी सुरुङ्गा नगरपालिका–८ का १९ वर्षीय कृष्णलाल चौधरी रहेका छन् ।
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ स्थित महादेव भीरमा गए राति करीब ११ बजे बा ४ ख ७९८० नम्बरको ट्रिपर दुर्घटना भएको थियो । सो भीरबाट ट्रिपर सडकबाट करीब तीनसय मिटर तल खसेको जनाइएको छ ।
दुर्घटनामा परी बागमती गाउँपालिकाका २३ बर्षिय रमेश मगर गम्भीर घाइते भएको र उपचारका लागि फाप्लु अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । दुर्घटनामा परेको ट्रिपर दुधकोशी–सोलुखोला ८६ मेघावाट जलविद्युत आयोजनाको रहेको जनाईएको छ ।










