चित्लाङबाट पाँच वटा मूर्ति चोरी
मकवानपुर । मकवानपुरको एक मन्दिरबाट पाँच वटा मूर्ति चोरी भएका छन् । मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङको एक मन्दिरबाट पाँच वटा मुर्ति चरी भएको हो ।
चित्लाङको बाट तीन गजुर भएको शिवालयको मन्दिरबाट चार र ढुङ्गेधाराबाट एउटा गरी पाँच मूर्ति चोरी भएको जनाइएको छ ।
स्थानीय भक्तजनले गत पुस २९ गते बिहान नित्य पूजा गर्न जाँदा मूर्ति नदेखेपछि मूर्ति चोरी भएको थाहा पाएको चित्लाङ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, मूर्ति चोरी भएको भएता पनि हालसम्म प्रहरी कार्यालयमा उजुरी परेको छैन ।
चोरी भएका मूर्तिमा दुर्गा, भैरव, कुमार र नारायणको छन् । नजिकै सरावत पौवामा रहेको ढुङ्गेधाराबाट हराएको मूर्ति भने गणेशको रहेको स्थानीय जनाएको छ ।










