प्रचण्ड–माधव समूहको प्रेस संगठनको भेला
काठमाडौँ । प्रेस संगठन नेपालको दोस्रो भेला काठमाडौँमा सुरू भएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–माधव समूहको प्रस संगठन नेपालको भेला प्रज्ञा भवन कमलादीमा सूरु भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको कदमविरुद्ध सञ्चारकर्मीहरूले भृकुटीमण्डपबाट प्रज्ञा भवनसम्म विरोध र्याली प्रर्दशन गरेका थिए ।
भेलालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।










