विप्लव समूहका मोरङ इन्चार्ज पक्राउ

काठमाडौं । नेकपा विप्लव समूहका मोरङ जिल्ला इन्चार्ज पक्राउ परेका छन् । विप्लव समूहका मोरङ जिल्ला इन्चार्ज डिबि सिलवाल भन्ने धन बहादुर विकलाई बुधबार दिउँसो २ बजे प्रहरीले पक्राउ गरेको हो ।
उनलाई मोरङको बुढीगंगा गाउँपालिका ४ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
विकले मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेको प्रहरीले दाबी गरेको छ ।
उनको साथबाट सेमी अटोमेटिक पेस्तोल एक थान, गोली ३ थान लगायतका हतियार र को २४ प ४००५ नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई हातहतियार खरखजना कसूरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।