मनहरी खोलामा बम लेखिएको शंकास्पद वस्तु फेला

हेटौडा न्युज
१० माघ २०७७, शनिबार १०:५५
;

मकवानपुर । मकवानपुरको मनहरी खोलाको बगरमा शंकास्पद बस्तु फेला परेको छ । आज बिहान खोलाको बगरमा शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लाको राक्सिराङ गाउँपालिका–५ र मनहरीको सिमानामा पर्ने खोप्लासीमा बम लेखिएको शंकास्पद वस्तु भेटिएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार बम लेखिएको शंकास्पद वस्तु भेटिएको र डिस्पोज गर्ने तयारी भइरहेको छ ।

घटनास्थलतर्फ डिस्पोजका लागि नेपाल प्रहरी र नेपाली सेनाको टोली जाँदै गरेको प्रवक्ता रानाले बताए ।

घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*