१२ घण्टा देखि बागमतीमा बम डिस्पोजल टोली पर्खदै प्रहरी

हेटौडा न्युज
१० माघ २०७७, शनिबार ११:२४
;

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा शंकास्पद वस्तु फेला परेको छ । बागमती–४ झुरझुरे हरामी चोक नजिकै बम जस्तै देखिने शंकास्पद वस्तु फेला परेको हो।

सो शंकास्पद वस्तु भेटिएको १२ घण्टा पुगिसकेको छ भने स्थानिय त्रसीत छन् ।

झुरझुरे प्रहरी चौकीका अनुसार हिजो राती १० बजे उब्त स्थानमा शंकास्पद बस्तु फेला परेको हो । सो खबर प्राप्त हुना साथ प्रहरी टोली त्याहा पुगेको जनाइएको छ ।

सो क्षेत्रमा आवतजावत बन्द गरीएको छ । सो बारे नेपाली सेनालाई जानकारी गराएको तर सेनाको टोली नआइपुगेको जनाइएको छ ।

करिब १२ घण्टा बितिसक्यो नेपाली सेनाको बम डिस्पोजल टोलीलाई पर्खेर बसेको झुरझुरे प्रहरी चौकीका असई सुमन महराले बताए ।

उनले नेपाली सेनाको बम डिस्पोजल टोली आउँदै गरेको खबर प्राप्त भएको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*