बिबिए र बिबिएम संकायमा विद्यार्थीको आकर्षण बढ्दो

मकवानपुर । मकवानपुरको मकवानपुर बहुमखी क्याम्पसले बिबिए र बिबिएम विषयको अध्यापनमा गतिलो फड्को मारेको छ । जिल्लाकै शानको रुपमा रहेको सो विषयले क्याम्पसलाई हेर्ने दृष्टिकोण नै फरक भएको बताइएको छ ।
सामुदायिक क्याम्पसहरुमा पढाई भन्दा राजनिती बढी हुन्छ भन्नेहरुलाई यस संकाय गतिलो उदाहरणको रुपमा प्रस्तुत भएको छ । अध्यापन संगै अतिरीक्त क्रियाकलापमासमेत अब्बलरुपमा प्रस्तुत हुँदै आएको सो संकाय सामान्य परिवारको पहुँचमा समेत पुग्ने गरेको क्याम्पस प्रसाशनले जनाएको छ ।
समयसामयिक राजनैतिका कारण क्याम्पसको पठनपाठनमा समस्या आउँदासमेत सो संकायका विद्यार्थीहरु पढ्नमा नै व्यस्त हुन्छन् ।
सोहि कारणले यस संकाय प्रति विद्यार्थीको आकर्षण बढ्दै गएको क्याम्पस प्रशासनको दावी छ ।
२०७० सालबाट मकवानपर क्याम्पसले बिबिएम र २०७५ मा बिबिएको पढाई सुरु गरेको क्याम्पसबाट ४ जना विद्यार्थीले विभिन्न व्याचमा नेपाल टप गर्न सफल भएको क्याम्पस प्रमुख डाक्टर शंकर प्रसाद उपाध्यायले बताए ।
क्याम्पसमा हाल बिबिएको दोस्रो व्याच चलिरहेको छ भने बिबिएमको ७ औं व्याच चलिरहेको छ ।
सो विषयको व्यवसायीक अनुसन्धान, विषयगत प्रस्तुतिकरण, केस विश्लेषण, रिर्पोट लेखन, सामुहिक छलफल जस्ता अध्ययनका प्रकृयाबाट अध्यापन कार्य गर्दै आएकाले सो संकायमा पढ्दै आएका विद्यार्थीहरुले आफुलाई अरु संकायका विद्यार्थी भन्दा हरेक कुराम पृथक देखाउदै कलेजको नाम उच्च राख्न सफल भएको प्राध्यापकहरुको भनाई छ ।
असल तथा दक्ष व्यवसायीक नेतृत्व उत्पादनमा यस् संकायले विषेश भुमिका खेल्दै आएको सो संकायका निर्देशक मधु कुमार सिंहले बताए ।
सो संकायमा पढेर स्वरोजगार हुनुका साथै विभिन्न रोजगारीका अवसरमा पनि सहजता प्राप्त हुने गरेको छ । बैंक, बहुराष्ट्रिय कम्पनी तथा गैर सरकारी संस्थाहरुमा पनि ठुलै अवसरहरु प्राप्त हुने विद्यार्थीहरुको भनाई छ ।
अनुभवि प्रध्यापक र विद्यार्थीको लगनशिलताका कारण उत्कृष्ट नतिजा हासील गर्न सफल भएको निर्देशक सिंह बताउछन् । ४ वर्षको बलेज जिवनमा पठनपाठन मात्र नभइ व्यावहारीक ज्ञानसमेत प्रदान गर्न सफल भएको उनी बताउँछन् ।
सिंहका अनुसार सो कलेजमा पढेर गत वर्ष मात्रै नेपाल टप गर्न सफल भएकी बिमुना न्यौपानेले हाल नेपाल राष्ट्र बैंकमा नाम निकाल्न सफल भएकी छिन् ।
यस संकायको नतिजाले सामुदायीक क्याम्पसको अध्यापन पनि गुणस्तरीय हुन्छ भन्ने कुरालाई प्रमाणित गर्न सकेको र अभिभावकहरुको मन जित्न सफल रहेको उनको भनाई छ ।
सो संकायले “WE ARE UNDER ONE FLAG THAT IS BBA/BBM FLAG” नारा नै बनाएर अध्यापन कार्य गर्दै आएको छ ।