१७ बुँदे मागसहित म्यानपावर व्यवसायी आन्दोलनमा

काठमाडौं । म्यानपावर व्यवसायीहरु सेवा सुविधा बढाउनु पर्ने भनदै आन्दोलनमा उत्रिएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्ना विभिन्न १७ बुँदे माग राख्दै व्यावसायीहरु आन्दोलन सुरु गरेको हो ।
आइतबार वैदेशिक रोजगार विभाग बुद्धनगरको मूल गेटमा धर्ना र कोणसभा आयोजना गर्दै विभिन्न पार्टी सम्बद्ध व्यवसायीका संघ संगठनका प्रतिनिधिले विभागमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् । उनीहरुले आफ्ना मा सम्बाधेन नभए देश नै ठप्प पार्नसक्ने चेतावनी समेत दिए ।
विभागका महानिर्देशक कुमारराज दाहाल म्यानपवर व्यवसायीको समस्या समाधानमा गम्भीर नभएको, अनुगमनका नाममा आतंक सिर्जना गर्न खोजेको लगायतका माग राख्दै उनीहरु आन्दोलनमा उत्रिएका छन्् ।
व्यवसायीले श्रमिकलाई विदेश पठाएबापत लिन पाउने सेवा शुल्क वृद्धि गर्नुपर्ने माग गरेका छन् ।
अनुगमनका नाममा सञ्चारमाध्यम पनि लिएर जाने गर्दा व्यवसायीले अपमान सहनु परेको भन्दै व्यवसायीले यस्तो अनुगमन पनि बन्द गर्ने माग गरेका छन् ।