‘सत्यम’को ‘थिमेट्रीकल स्केच’ सार्वजनिक

काठमाण्डौ । चलचित्र ‘सत्यम’को अडिशन कल गरिएको छ । अभिनेता राजेश हमालले अभिनय गर्ने नयाँ चलचित्र ‘सत्यम’को अडिशन कल गरिएको हो ।
अभिनेता राजेश हमालको ‘थिमेट्रीकल स्केच पोस्टर’ सार्वजनिक गर्दै चलचित्र निमार्ण टिमले चलचित्रमा अभिनयका लागि अडिसन कल गरेको छ ।
पोस्टरमा हमाललाई महानायक लेख्दै उनको स्केच फोटो राखिएको छ । ‘सत्यम’ शिर्षकसँगै ‘राईजिंग अफ दि हिरोज्’ लेख्दै चलचित्रको शिर्षकलाई परिभाषित पनि गरिएको छ ।
शंकर कार्कीको निर्देशनमा बन्ने यो चलचित्रमा हमाल र अनुप विक्रम शाहीसँगै नायक पल शाह र नायिका उपासना सिंह ठकुरीले पनि काम गर्न सहमती जनाएको निर्माता रेशम सापकोटाले बताए ।
चलचित्रमा हमाल नै मूख्य पात्र (सत्यम) हुन्छन् भने अनुप बिक्रम शाही भिलियनको रुपमा देखिने छन् ।
छिट्टै पत्रकार सम्मेलनको आयोजना गरी अडिशनबाट छनौट भएका अन्य कलाकारहरु तथा बाँकी जानकारी सार्वजनिक गरिने बताईएको छ ।
अडिशनबाट अन्य २६ कलाकारहरु छानिने छन् ।
अडिसन काठमाण्डौमा यहि माघ १९ गते, पोखरामा माघ २३ गते, बुटवलमा माघ २५ गते र झापामा माघ २७ गते अडिशन हुनेछ ।