हेटौंडामा सवारी दुर्घटना, एक जना घाइते

हेटौडा न्युज
११ माघ २०७७, आईतवार १५:५०
;

मकवानपुर । मकवानपुरको नवलपुरमा सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ नवलपुर सरस्वती खोला नजिकै सवारी दुर्घटना हुँदा एक जना घाइते भएका हुन् ।

दिउँसो चितवनबाट हेटौंडातर्फ आँदै गरेको ना ६ ख ५८४० नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना ३० प ४०६५ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

दुर्घटनामा परी हाल नाम, थर नखुलेको अन्दाजी ३३ वर्षीय मोटरसाइकल चालक घाइते भएका छन् । उनको हेटौंडा–११ स्थित चुरेहिल अस्पतलामा उपचार भइरहेको छ ।

दुर्घटनापश्चत बस, बस चालक र मोटरसाइकललाई नियन्त्रणमा लिई घटनाको विषमया आवश्यक अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*