लिटिल बडी प्रि स्कुलको ॐ बृद्धाश्रमलाई सहयोग

हेटौडा न्युज
११ माघ २०७७, आईतवार १५:५८
;

मकवानपुर । लिटिल बडी प्रि स्कुल (मन्टेस्वरी)ले वृद्धाआश्रमलाई सहयोग गर्दै पहिलो वार्षिक उत्सव मनाएको छ । आफ्नो स्थापनाको एक बर्ष पुरा भएको अवसर पारेर हेटौंडा उपमहानगरपालिका–४ मा रहेको सो स्कुलले वृद्धाआश्रमलाई सहयोग उपलब्ध गराएको हो ।

हेटौंडा –१ चौकिटोलस्थित ॐ बृद्धाश्रममा आश्रित वृद्धवृद्धाहरुको लागि स्कुलले नगद २० हजार ५ सय ५ रुपैँया सहयोग उपलब्ध गराइएको स्कुलका संचालक युवराज दाहालले जानकारी दिए ।

आश्रमका अध्यक्ष बुद्धिप्रसाद पौडेललाई सहयोग रकम हस्तान्तरण गरिएको हो ।

उक्त स्कुलमा अध्ययनरत बालबालिकाहरुले आश्रममा नै पुगेर बृद्धबृद्धाहरुलाई खाजा तथा फलफूलसमेत वितरण गरेका थिए ।

स्थापना दिवसको अवसरमा सामाजिक सेवाको काम गर्दा आश्रितहरुलाई टेवा पुग्ने र बालबालिकाहरुमा पनि सहयोगी भावनाको विकास हुनुको साथै प्रयोगात्मक नैतिक र सामाजिक शिक्षा प्राप्त हुने संचालक दाहालले बताए ।

युकेमा सञ्चालित प्रिस्कुलको पाठ्यक्रममा आधारित यो स्कुल पुर्ण बालबालिका मैत्री र प्रविधियुक्त रकेको संचालक दाहालले बताए । यस स्कुलले हेटौंडामा नै पहिलो पटक युके पाठ्यक्रममा आधारित पढाइ सुरु गरेको उनको दावी छ ।

६० जना बालबालिकालाई पठनपाठन गराउन सक्ने क्षमता रहेको सो स्कुलमा हरेक दिन स्वास्थ्य परिक्षण पश्चातमात्र कक्षामा प्रवेश गराउन नर्सको सुविधा समेत रहेको दाहालको भनाइ छ ।

बालबालिकालाई खाना, खेलकुद र जीमको समेत व्यस्था रहेको छ । बालबालिकाका अभिभावकले घरमा बसेर आफ्नो छोराछोरीको बारेमा सिसिटिभीको माध्यमबाट हेर्न सकिने समेत रहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*