मनहरीबाट गाँजासहित एक जना पक्राउ

हेटौडा न्युज
११ माघ २०७७, आईतवार १६:२४
;

मकवानपुर । मकवानपुरको मनहरीबाट लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले मनहर बजार क्षेत्रबाट लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको हो ।

प्रहरीले मनहरी गाउँपालिका–७ मनहरी बजारक्षेत्रबाट ४ किलो लागूऔषध गाँजासहित मकवानपुरको कैलाश गाउँपालिका–४ बस्ने २१ वर्षीय रवि प्रजालाई पक्राउ गरेको हो ।

प्रजालाई ईलाका प्रहरी कार्यालय मनहारीबाट खटिएको शनिबार बिहान आशंका आधारमा चेकजाँच गर्दा पछाडी भिर्ने कालो झोला भित्र लुकाई ल्याएको अवसथामा सो परिमाणमा लागूऔषध गाँजा फेला परी नियन्त्रण्मा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ परेका प्रजामाथि आवश्यक अनुसन्धानका साथै कानूनी कारबाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*