कृषिमा वैदेशिक लगानी भित्र्याए स्वदेशी लगानी डुब्ने

हेटौडा न्युज
११ माघ २०७७, आईतवार १६:३१
;

मकवानपुर । कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउँदा स्वदेशी लगानीमा रहेका उद्योगहरु धरासयी हुने भन्दै सरोकारवालाहरुले सरकारको निर्णयको विरोध गरेका छन् । हाल संसदसमेत विघटन भएको समयमा कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउन मन्त्रीपरिषदको बैठकबाट अध्यादेश ल्याएको भन्दै स्वदेशी नेपाली लगानीकर्ताहरुले विरोध जनाएका छन् ।

नेपाल डेरी एशोसिएसन नेपालको आयोजनामा आज हेटौंडामा पत्रकार सम्मेलन गरी सरकारले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) खुला गर्ने निर्णयको विरोध गरेका हुन् । गरेको उनीहरुको आरोप छ । सरोकारवालाहरुले कृषिमा वैदेशिक लगानी भित्रिए स्वदेशी किसान र कृषि क्षेत्रमा लगानी गरेकाहरु विस्थापित हुने दाबी गरेका छन् ।

पत्रकार सम्मेलनमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाल उद्योग बाणिज्य महासंघ केन्द्रीय सदस्य तथा कृषि पर्यटन समितिका सभापति अरुण सुमार्गीले सरकारको निर्णयप्रति महासंघको आपत्ति रहेको बताएका छन् ।
पत्रकार सम्मेलनमा एशोसियनका केन्द्रीय अध्यक्ष राधाकृष्ण सापकोटा, केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश अध्यक्ष राजन दाहाल, पूर्व अध्यक्ष सुमित केडिया, महासचिव प्रल्हाद दाहाल लगायतको उपस्थिति रहेको थियो ।

सरकारको वैदेशिक लगानी खुल्ला गर्ने निर्णयलाई लिएर कृषि क्षेत्रमा आवद्ध लगानीकर्ता र संघसंस्थाहरुले विरोध जनाईरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*