हेटौंडाबाट गुण्डागर्दी गर्ने ५ जना पक्राउ

मकवानपुर । हेटौंडाको राम मन्दिर क्षेत्रबाट गुण्डागर्दी गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१० राम मन्दिर नजिक रहेको ग्यारेजमा काम गर्ने कामदारलाई कुटपिट गरेको भन्दै उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङ् कोरडारा घर भई हाल हेटौंडा–१० बस्ने २० वर्षिय सन्तोष लामा, मकवानपुर हेटौडा–१० भुटनदेबीका २५ वर्षिय बिनय वाईवा, हेटौंडा–१ चौकिटोल बस्ने २७ वर्षिय आशिष लामा हेटौंडा–११ थानाभर्याङ्का १८ वर्षिय राज कार्की र मकवानपुर भिमफेदी गाउँपालिका–२ घर भई हाल हेटौंडा–१० बस्ने २८ वर्षिय सागर लामा रहेका छन् ।
उनीहरुले माघ १० गते शनिबार करिव ११ बजेको समयमा राम मन्दिर नजिक उत्तम कार्किले संचालन गरेको मोटर ग्यारेजमा काम गर्ने बारा कोल्बी नगरपालिका–९ घर भई हाल हेटौंडा–४ बस्ने बर्ष २४ को पुरुसोत्तम चौधरि र बर्ष २७ को मुना मदन चौधरीलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घटना बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानाएकोछ ।