संचारकर्मी लामाको पहलमा विद्यार्थीलाई शैक्षिक सामग्री

हेटौडा न्युज
११ माघ २०७७, आईतवार १८:००
;

मकवानपुर । मकवानपुरको मकवानपुरगढी ५ मा रहेको ज्योति प्राविका ३५ जना अति विपन्न विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री सहयोग गरिएको छ । संचारकर्मी अमर लामाको पहलमा विद्यार्थीलाई स्वीटर, जुत्ता, टाउजर, शैक्षिक सामग्री तथा खेलौना प्रदान गरिएको हो ।

लामाले आज विद्यालयमा पुगेर कोरिया, जर्मन, पार्चुगल, कोरियामा मनकारी नेपालीहरुले पठाएको सहयोग रकमबाट जाडो बेलामा विपन्न विद्यार्थीलाई आवश्यक न्यानो कपडा तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् ५ नम्बर का सदस्य शुकराम थिङ, विद्यालयका प्रधानाध्यापक करुणा विष्ट, अभियन्ता सन्जय लोप्चन, भुषण घलान, विद्यालय शिक्षक, अभिभावकलगायतको उपस्थितीमा विद्यार्थीलाई सामग्री वितरण गरिएको हो ।

रेडियो थाहासंचार हेटौंडा र अनलाइनपत्र डटकममा आवद्ध लामाले आफ्नो पहलबाट विपन्न विद्यार्थीलाई अध्ययनमा सघाउ पुयाउन पाइएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि मनकारी दाताको खोजी गर्दै सहयोगको कार्यलाई निरन्तरता दिने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*