लुटपाटमा संलग्‍न रहेको आरोपमा २ जना पक्राउ

हेटौडा न्युज
१३ माघ २०७७, मंगलवार १३:००
;

काठमाडौं। लुटपाटमा संलग्‍न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं स्युचाटारको एक घरमा लुटपाट भएको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्‍न उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा काठमाडौं दरबारमार्गस्थित आधिँखोला दोहोरी साँझमा काम गर्ने बझाङको जयपृथ्वी नगरपालिका–१ घर भएका सुनिलबहादुर सिंह र दोहोरी साँझमा चालकको काम गर्ने सिन्धुपाल्चोक साँगा चोकगढी घर भएका कृष्णबहादुर श्रेष्ठ रहेका छन्।

उनीहरु माथि गत माघ १० गते राति काठमाडौं स्युचाटारस्थित एक घरबाट सुनका गरगहना साथै धनमाल लुटपाट गरेको आरोप छ ।

उनीहरूको सनथबाट करिब सवा ३ तोलाको १ थान सुनको सिक्री, करिब २ तोलाको १ थान सुनको औठी, हात्तीको पुच्छर भएको करिब साढे १ तोलाको १ थान सुनको ब्रासलेट र उक्त दोहोरी साँझको बा.३ च ६६४९ नम्बरको मारुती कार प्रहरीले बरामद गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*