पाहुनाबाटै ११ वर्षीया बालिका बलात्कृत
पर्सा । वीरगन्जमा पाहुनाबाटै ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको घटना सार्वजनिक भएको छ । भारत विहारबाट पर्साको विरगञ्ज पाहुना लाग्न आएका ३४ वर्षिय पुरुषले साथीकै ११ वर्षिया छोरी माथि जबरजस्ति करणी गरेका हुन् ।
शुक्रबार भारत विहार जिल्ला पश्चिमी चम्पारण थाना चनपटिया ग्राम पंचायत टिकुलीया–१३ बस्ने बर्ष ३४ को नेहाल मियाँले पाहुना बनेर साथीकै छोरीलाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
भारत विहार थानापलन वा ग्रामपंचायत लौकरिया–५ स्थायी घर भएका पीडित बालिकाका अभिभावक बीरगंज महानगरपालिका–१ स्थित डेरा लिइ बस्दै आएका थिए ।
डेरा बस्नका लागि कोठा खोज्दै जाने क्रममा आफ्नै साथीको डेरामा पाहुना बनेर सुतेको र राति १०ः३० बजेको समयमा साथीकै ११ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
मियाँले जबरजस्ती करणी गर्दा पीडित बालिका चिच्याएपछि मियाँ फरार भएका थिए ।
उनलाई माघ शनिबार जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिलला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पीडितको उजुरीको आधारमा उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायवउपरीषक मनोजित कुवँरले










