सातै प्रदेशमा कोरोनाविरुद्धको खोप अभियान सुरु

हेटौडा न्युज
१४ माघ २०७७, बुधबार ११:११
;

काठमाडौं । आजदेखि नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले खोप कार्यक्रम सुरु गरेका हुन् ।

आजदेखि देशका सातै प्रदेशबाट कोरेनाविरुद्धको खोप अभियान सुरु गरिएको हो । सातै प्रदेशका ६२ अस्पताल र १ सय २० केन्द्रबाट सूचीकृत व्यक्तिलाई खोप लगाउन थालिएको जनाइएको छ ।

आज १२ हजार व्यक्तिले खोप लगाउने स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिएका छन् ।

यही माघ १८ गतेभित्र ७७ जिल्लाका ३ सय केन्द्रमार्फत करिब ४ लाख ३० हजार नागरिकलाई खोप लगाउने सरकारको तयारी छ ।

अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको ‘कोभिसिल्ड’ खोपको १० लाख डोज नेपाल आएको छ । खोप सबै प्रदेशमा पठाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*