शुरु भयो कोरोना विरुद्धको खोप, अस्पतालका मेसुलाई पहिलो खोप

हेटौडा न्युज
१४ माघ २०७७, बुधबार ११:४७
;

मकवानपुर । देशैभर आजबाट शुरु भएको कोरोना भाइरस विरुद्धको खोप अभियान अन्तर्गत मकवानपुरमा पनि शुरु गरिएको छ । हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रविण श्रेष्ठले कोरोना विरुद्धको पहिलो खोप लगाएर अभियान शुरु गरिएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलद्वारा उद्घाटित खोप अभियानका लागि प्रदेशमा ७६ हजार थान खोप आईपुगेको छ । प्राप्त खोप मध्ये प्रदेश २ का धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पसौ जिल्लामा समेत वितरण गरिने सामाजिक विकास मन्त्रालयका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिएका छन् ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाई कर्मचारी, एम्बुलेन्स चालकहरुलाई लगाईने खोपका लागि प्रदेशभरि ३५ स्थानमा खोप केन्द्र रहेका छन् भने यस अन्तर्गत ६४ हजार १ सय ९२ जना स्वास्थ्यकर्मीहरुलाई खोप लगाईने भएको छ । मकवानपुरमा कार्यरत २ हजार २ सय ८९ जना स्वास्थ्यकर्मीलाई पहिलो चरणमा यो खोप लागाईने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*