सिआनले वडास्तरमा लागूऔषध दुर्वेशनीको तथ्याङ्क संकलन गर्ने

हेटौडा न्युज
१४ माघ २०७७, बुधबार १३:३०
;

मकवानपुर । सिआन पुर्नस्थापना केन्द्रले हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडामा लागूऔषध दुर्वेशनीहरुको तथ्याङ्क संकलन गर्ने भएको छ । सिआन पुर्नस्थापना केन्द्र र हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडा कार्यालय बिच लागूऔषध दुर्वेशनीहरुको डाटा तथ्याङ्क संकलनका लागि सम्झौता गरेको हो ।

जिल्लामा नै पहिलो पटक सिआनले वडास्तरमा लागूखौषध दुर्वेशनीहरुको तथ्याङ्क संकलनको कार्य सूरु गर्न लागेको सिआनका संचालक सौजन डिसीले बताए ।

वडामा लागूऔषध दुर्वेशनीहरुको अवस्थाका के कस्तो छ ? कति प्रतिशत छन् ? र के कस्ता योजना बनाउनु पर्ने भन्ने विषय जानकारीका लागि तथ्याङ्क संकलनको कार्य अगाडी बढाइएको हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले बाए ।

यस अघि मकवानपुरगढी गाउँपालिकामा सर्भे गरिसकेको र आगामी दिनहरुमा बागमती प्रदेश भर नै तथ्याङ्क संकलन कार्य आवश्यक रहको संचालक डिसीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*