हेटौंडामा प्रहरीको संगित थेरापी कार्यक्रम हुने
मकवानपुर । आम नागरिकको तनाव व्यवस्थापनका लागि बागमती प्रदेश प्रहरी कार्यालयले संगित थेरापी कार्यक्रम आयोजना गर्ने भएको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस लगाएतका विविध समस्याका कारण तनावमा परेका नागरिकहरुलाई लक्षित गर्दै प्रदेश प्रहरीले संगित थेरापी कार्यक्रम आयोजना गर्ने भएको हो ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले आज अपराहन्न ४ बजे हेटौंडाको बुद्ध चोकमा कार्यक्रम गर्ने भएको हो । हेटौंडाको बुद्ध चोकमा प्रदेश प्रहरी ब्याण्डको संगित प्रस्तुती रहने बागमती प्रदेश प्रहरी कार्यलयकी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक मीरा चौधरीले बताइन् ।
संगित थेरापी कार्यक्रम बागमती प्रदेश प्रहरीले पहिलो पटक आयोजना गर्न लागिएको उक्त कार्यक्रममा प्रदेश प्रहरी व्याण्ड गुल्मसहित विभिन्न प्रकारका सांगितिक प्रस्तुती रहने छ ।
कार्यालयले स्वास्थ्य सुरक्षाप्रति पुर्ण सावधानी अपनाउँदै उक्त कार्यक्रममा सहभागी हुन आमनागरिकहरुलाई आग्रह गरेको छ ।










