उच्च अदालत र पत्रकारबिच अन्तरक्रिया
मकवानपुर । उच्च अदालत पाटन हेटौंडा इजलाशको आयोजनामा आज हेटौंडामा सञ्चारकर्मीहरुसँग अन्तक्र्रिया गरेको छ । इजलाशको बार्षिक कार्ययोजना अन्तर्गत सञ्चारकर्मीहरुसँग अन्तक्र्रिया गरिएको हो ।
मुख्य न्यायाधीश मोहम्मद साबिर हुसैनको प्रमुख उपस्थितिमा भएको अन्तक्र्रया कार्यक्रममा हालको अदालती फैसला ढिलो हुनुको कारणमा विद्यमान कानून नै रहेको बताईएको छ । मुद्दाको किनारा लगाउन दुबै पक्षलाई नै हाजिर गराउनु पर्ने, भौगोलिक अवस्था, राष्ट्रियअन्तर्राष्ट्रिय मान्यता जस्ता मापदण्ड पूरा गर्नुपर्ने बताईएको छ ।

अन्तक्र्रिया कार्यक्रममा कोरोनाका कारण अदालती कार्यमा बाधा पुगेको भएपनि यस अवधिमाम १ सय ९४ वटा विभिन्न मुद्दा दर्ता भएकोमा यसै अवधिमा १ सय १७ वटा मुद्दाको किनारा लागेको शाखा अधिकृत केशवराज कौशिकले बताएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य न्यायाधीश हुसैनले अदालतको निर्णय र आदेशको भावना बुझ्दै अदालत प्रतिको विश्वासलाई वृद्धिमा सहयोग पुग्ने गरी आम जनसमुदायमा सूचना सन्देश प्रेषित गर्न सबै सञ्चारकर्मीहरुमा अनुरोध समेत गरेका थिए ।
कार्यक्रममा न्यायधीशहरु राजकुमार बम, चण्डीराज ढकाल, हरिप्रसाद केसी, नागेन्द्रलाल कर्ण र मेरिना श्रेष्ठको उपस्थिति रहेको थियो ।










