मकवानपुरको छतिवनमा बस दुर्घटना
मकवानपुर । मकवानपुरको छतिवनमा यात्रुवाहक बस दुर्घटना भएको छ । मकवानपुरको धियाँलबाट हेटौंडा आउँदै गरेको यात्रुवाहक बस बकैया गाउँपालिका–४ छतिवन तामाखोलामा दुर्घटना भएको हो ।
शुक्रबार बिहान धियाँलबाट यात्रु लिएर हेटौंडा आउँदै गरेको ना ३ ख ३३४४ नंबरको बस दुर्घटनामा परेको जिल्ला प्हरी कार्यालय मकवानपुरले जनाएको छ ।
बस दुर्घटना हुदा बसमा सवार सबै यात्रु घाइते भएका छन् भने केहिको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
सामान्य घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र छतिवनमा उपचार भैरहेको र गम्भीर घाइतेलाई उपचारका लागि हेटौंडा पठाईएको प्रहरीले जनाएको छ ।










