फरार प्रतिवादी भिमफेदीका लामा पक्राउ
मकवानपुर । सार्वजनिक अपराध मुद्दामा जरिवाना भुक्तान गर्न बाँकी एक प्रतिवादीलाई प्रहरीले प्रकाउ गरि अदालतमा उपस्थित गराएको छ । जिल्ला अदालत मकवानपुरको २०७३ वैशाख २३ गतेको फैसला अनुसार सार्वजनिक अपराध मुद्धामा जरीवाना भुक्तान गर्न बाँकी रहेका प्रतिवादीलाई प्रकाउ गरि अदालतमा उपस्थित गराइएको हो ।
ईलाका प्रहरी कार्यालय भिमफेदी मकवानपुरबाट खटिएको प्रहरी टोलिले मकवानपुरको भिमफेदी गाउँपालिका–३ बस्ने बर्ष २७ को सोम लामा भन्ने सोम बहादुर लामालाई माघ १५ गते पक्राउ गरी उक्त जरीवाना भुक्तानको लागि अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
लामाले अदालतबाट फैसला भए अनुसार रु ५ हजार जरिवाना भुक्तान गर्न बाँकी रहेको छ ।










