हेटौंडा जेसीजको अध्यक्षमा बस्नेत

हेटौडा न्युज
१७ माघ २०७७, शनिबार ११:१३
;

मकवानपुर । हेटौंडा जेसीजको पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार हेटौंडा जेसीजले वर्ष सन् २०२१ का लागि अध्यक्ष पदमा लिसेन बस्नेत पदस्थापित गरेको हो ।

बर्ष सन् २०२० का अध्यक्ष राजदेव बनियाँले ४३ औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रममा अध्यक्षको चेन बस्नेतलाई हस्तान्तरण गर्दै पदस्थापित गराएका हुन् ।

अध्यक्ष बस्नेतले आफ्नो कार्यकालमा सामाजिक एवम् नेतृत्व तथा व्यक्तित्व विकासका कार्यक्रम गर्ने प्रतिबद्धता जनाए ।

अध्यक्ष बस्नेतले कानूनी सल्लाहकारमा पवनकुमार कंसाकार, महासचिवमा श्रवणकुमार बर्तौला, कोषाध्यक्षमा संग्राम बल लामा, शाखा सम्पादक विकेशलाल श्रेष्ठ र जनसम्पर्क अधिकारीमा शिवकुमार श्रेष्ठलाई मनोनित गरेका छन् ।

यसअघि भएको साधारणसभाबाट हेटौंडा जेसीजको कार्यकारीणी उपाध्यक्षमा पंकज दास बनियाँ र मनोज रिजाल तथा उपाध्यक्षमा गिरिजा अधिकारी, राज खड्गी, सुजन ढुंगाना, प्रविण गुप्ता, निर्वाचित भएका थिए ।

कार्यक्रममा बर्ष सन् २०२० का अध्यक्ष राजदेव बनियाँले आफ्नो कार्यसमिति तथा सल्लाहकारलाई मायाको चिनो वितरण गरेका थिए । उनले उत्कृष्ट बोर्ड सदस्यको पुरस्कारबाट श्रवणकुमार वर्तौला, उत्कृष्ट सदस्य विवेकानन्द न्यौपाने र उत्कृष्ट सकृय सदस्यको पुरस्कार विजय गोपालीलाई प्रदान गरेका थिए ।

कार्यक्रम संयोजक पवनकुमार कंसाकारको संयोजकत्वमा भएको कार्यक्रममा बागमती प्रदेश नेपाली काङ्ग्रेसका प्रमुख सचेतक राधा घलेको प्रमुख आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*