मनहरीमा भूमिहिनको तथ्याङ्क संकलन कार्य तिव्र

हेटौडा न्युज
१७ माघ २०७७, शनिबार ११:४७
;

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाले भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अब्यवस्थित बसोवासीहरुको तथ्याङ्क संकलन कार्यलाई तीब्रता दिएको छ । मनहरी गाउँपालिकाभित्र बसोवास गर्दै आएका भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अब्यवस्थित बसोवासीको तथ्याङ्क संकलनका लागि छुटै शाखा स्थापना गरेर काममा तीब्रता दिइएकोे हो ।

उक्त तथ्याङ्क संकलनका लागि गाउँपालिकाको कार्यालयमा विवरण र तथ्याङ्क संकलन इकाई भूमि व्यवस्थापन शाखाको स्थापना गरिएको छ ।

गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले शुक्रबार उक्त शाखाको उद्घाटन गर्दै अब मनहरी गाउँपालिकाको जग्गाको नापजाँच तथा नक्साको प्रक्रिया सुरु गरिने बताएका छन् ।

गाउँपालिकाले जग्गाको नापजाँचको प्रक्रियालाई सहज तुल्याउन वडा र गाउँपालिका स्तरमा जग्गा व्यवस्थापन सहजिकरण समिति निर्माण गरिसकेको छ ।

तु खबरसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष उप्रेतीले चालु आर्थिक वर्ष ०७७÷७८ को असार मसान्तभित्रमा गाउँपालिकाभित्र रहेका भूमिहिन दलित, भूमिहिन सुकुम्वासी तथा अब्यवस्थित बसोवासीको विवरण तथा गाउँपालिकाभित्र रहेको सार्वजनिक गज्जाको नापजाँच पनि गरिसक्ने बताए ।

संकलित विवरण भूमिहिन दलित, भूमिहिन सुकुम्वासी, अब्यवस्थित बसोबासी केन्द्रिय समितिलाई पठाइने र सोही समितिले भूमिहिनहरुका लागि जग्गाको लालपुर्जा उपलब्ध गराउने अध्यक्ष उप्रेती बताउँछन् ।

विषेशगरी मनहरी गाउँपालिकाको वडा नम्वर ६ र ७ मा ठूलो संख्यामा भूमिहिन दलित र भूमिहिन सकुम्बासी रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*