दुर्घटनामा दुई जनाको मृत्यु
कैलाली । कैलालीमा सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको पहलमानपुर सडकखण्डमा गए राति ट्र्याक्टर र मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो ।
पश्चिमबाट पूर्वतर्फ गइरहेको म १ त ५४२ नम्बरको ट्रयाक्टर र सोही दिशातर्फ गइरहेको बा १ प ४०४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार कैलालीको घोडाघाडी नगरपालिका–१० पहलमानपुरका २३ वर्षीय गोविन्द बुढा र १८ वर्षीय मानबहादुर बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते दुवैको घोडाघोडी अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको हो। प्रहरीले ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएको छ।










